काठमाडौँ ३ जेठ / नेपाली कांग्रेसले संसदमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ । विहीबारका लागि बोलाइएको संसद बैठकमा अनिवार्य उपस्थित हुन भन्दै कांग्रेसले सांसदहरुलाई म्यासेज पठाएको छ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडानमा छ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्न नपाएपछि सत्तापक्ष चिढिएको छ। बुधबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहाललाई भेटेर सदन सञ्चालनमा सहयोग पुर्याउन आग्रह गरेका थिए।