प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेकाे दोस्रो जीत

| 2022 Nov 22 | 11:59 am 1201

काठमाडौं, मंसिर ६ः नेकपा एमालेले प्रतिनिधिसभा सदस्यतर्फ दोस्रो जीत हात पारेको छ । काठमाडौं क्षेत्र नम्बर–९ बाट एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका हुन् ।

उनी १०,०२० मतसहित विजयी भएका हुन् । योसँगै नेकपा एमालेले प्रतिनिधिसभातर्फ २ सिटमा जित निकालेको छ । ०७४ को निर्वाचनमा पनि श्रेष्ठ यही क्षेत्रबाट निर्वाचित भएका थिए।

निवर्तमान सांसद समेत रहेका श्रेष्ठ केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शिक्षामन्त्री समेत भएका थिए । उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८,७२५ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ५,२७९ मत प्राप्त गरेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.