प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवदेकका तर्फबाट बहस सकियो

रिपोर्ट नेपाल | 2021 Feb 01 | 07:04 am 1565

काठमाडौं, माघ १९ः प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा चलिरहेको सुनुवाइमा रिट निवेदकका तर्फबाट बहस सकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीशको इजलासमा बहस चलिरहेको छ । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा ४ माघदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो ।

हिजो आइतबार निवेदकतर्फका कानुन व्यवसायी गोपाल पाण्डे, खडानन्द कँडेल, खीमानन्द अधिकारी, कलमबहादुर खत्री, यदुनाथ खनाल, अमिता गौतम पौडेल, क्रितिनाथ शर्मा पौडेल र लोकेन्द्र ओलीले बहस गरे ।

रिट निवेदकका तर्फबाट अन्तिम बहस तुलसी सिम्खडाले गरेका थिए । बहसमा अधिवक्ता सिम्खडाले धारा ७६ को उपधारा १ अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरे पनि राजीनामा नदिएका कारण संसद् पुनर्स्थापनापछि पनि उनै प्रधानमन्त्री रहने जिकिर गरे ।

उनले सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापनका लागि आदेश जारी गर्नुपर्ने बताए । पुनर्स्थापना भएपछि प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिनुपर्ने र कसैले पनि विश्वासको मत लिन नसकेको अवस्थामा राष्ट्रपतिले ६ महिनाभित्र निर्वाचन गर्न प्रक्रिया अगाडि बढाउन सक्ने बताए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.