काठमाडौँ फागुन ११: झन्डै दुई महिनाको बहसपछि प्रतिनिधिसभा विघटनविरूद्ध परेको मुद्दाको बहस सकिएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आजै फैसला सुनाउने तयारी गरेको बुझिएको छ ।
कुनै त्यस्तो बादबिवाद नभएमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले आजै फैसला सुनाउने तयारी गरेको हो।