काठमाडौँ २९ चैत / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विराटनगरमा बिहीवार स्थानीय पत्रकारसँग संक्षिप्त कुराकानी गर्नु हुँदै प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद प्रारम्भ भैसकेकाले चाँडै समाधान हुने बताएका छन् ।
सहकारीसँग सम्बन्धित समग्र विषयको अलगै र गृहमन्त्री रवि लामिछाने विषय अलग्गै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने प्रधानमन्त्री प्रचण्डले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै समाधान हुने र त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको बताएका छन् ।
मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग के हो यो ‘केस ? भनेर सोधेको थिएँ । प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठवन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने – ‘पहिले हामीसँगै कांग्रेस सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो, सरकारबाट निस्केपछि रविजीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ , त्यो हुनुहुदैन प्रचण्डले भने।