प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित

| 2024 Dec 10 | 01:01 pm 185

काठमाडौँ, २५ मंसिर / प्रतिकूल मौसमका कारण मंगलबार त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्।

उडान प्रभावित हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षमा यात्रुहरुको भीड लागेको छ । भैरहवा, सिमरा, चितवन, विराटनगर, जनकपुर, तुम्लिङटारको उडान प्रभावित भएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरो लागेको छ।

यसबाट दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.