प्रज्ञा–प्रतिष्ठान बन्यो साहित्य, कला र सङ्गीतको बगैँचा !

रिपोर्ट नेपाल | 2018 Jun 21 | 09:28 am 3659

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६१औँ वार्षिक उत्सवका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घद्वारा साङ्गीतिक कार्यक्रम एवम् कला–कविता सहिको आयोजना गरिएको छ । कार्यशालासहितको सो कार्यक्रमका कारण प्रज्ञा भवनको डबली र चौर केही घन्टा साहित्य, कला र सङ्गीतको बगैँचा बनेको थियो ।

कार्यशालाका संयोजक सुधीर ढुङ्गेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्बोधन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानको उन्नयनका खातिर कर्मचारी तथा कलाकारहरूको उल्लेखनीय भूमिका रहेको उल्लेख गरे ।

सो कार्यक्रममा उपकुलपति डा. विष्णुविभु घिमिरे, प्रतिष्ठानका सदस्य सचिव प्राडा जीवेन्द्र देव गिरी, प्राज्ञ परिषद्का सदस्य, प्राज्ञसभाका सदस्य तथा आजीवन सदस्यहरूका साथै प्रज्ञा–प्रतिष्ठान, प्रशासन प्रमुख, आर्थिक महाशाखा प्रमुख, योजना तथा कार्यक्रम महाशाखा प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्देश्यमाथि सङ्घका महासचिव होमराज ढुंगेलले प्रकाश पारेका थिए भने नेपाल प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी संगठनका अध्यक्ष विश्वमोहन राजभण्डारी, राष्ट्रिय कर्मचारी संगठन, नेपाल प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष धनबहादुर कार्की तथा कलाकार शैलेन्द्र सिम्खडाले कार्यक्रमको प्रभावकारितामाथि मन्तव्य दिएका थिए ।

कार्यशाला कार्यक्रममा विभिन्न चित्रकलाकारका कलामाथि विभिन्न कविहरूले स्थलगत कविता सिर्जना गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.