प्रजातान्त्रिक आन्दोलनमा गिरिजाप्रसादको योगदान अतुलनीय रहेकाे छ: प्रम देउवा

रिपोर्ट नेपाल | 2022 Jul 05 | 12:15 pm 1361

काठमाडौं, असार २१ः प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातान्त्र पुनःस्थापनमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको योगदान अतुलनीय रहेको बताएका छन् । काठमाडौंमा कोइरालाको शालिक अनावरण गर्ने क्रममा प्रधानमन्त्री देउवाले २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा उनको महत्त्वपूर्ण योगदान रहेको बताएका हुन् ।

उनको नेतृत्वमा ट्रेड युनियन कांग्रेस विभिन्न जिल्लामा स्थापना भएको र २०४६ सालको जनआन्दोलनमा सक्रिय रहेका कोइरालाले पञ्चायतबाट बहुदलीय व्यवस्थामा कठिन राजनीति जीवन बिताएकाे प्रधानमन्त्री देउवाले बताए ।

‘यीलगायत कांग्रेसमा अतुलनीय योगदान छ, प्रजातन्त्र स्थापना र हतियार उठाएकाहरुलाई शान्ति प्रक्रियामा ल्याउनुभयो ।’ प्रधानमन्त्री देउवाले बताए । यसकारण, स्वर्गीय नेता कोइरालको राजनीतिक योगदान, सहकार्यको सिद्दान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.