प्रचारका लागि लगानी सम्मेलन

रिपोर्ट नेपाल | 2018 Oct 28 | 03:01 pm 3602

इलाम, कात्तिक ११ :  जिल्ला आम्दानीको पर्याप्त सम्भावना बोकेका क्षेत्र भए पनि लगानी गर्न नसकेको भन्दै विभिन्न क्षेत्रको प्रचारप्रसार र प्रवर्धन गर्न ले लगानी सम्मेलन गर्ने भएको छ ।

लगानी कम भएको भन्दै नगरपालिकाले नगरपालिकाभित्रका पाँच क्षेत्रमा कात्तिक २५ गते ‘लगानी सम्मेलन’ गर्ने भएको छ । नगरका कृषिजन्य उद्योग, पर्यटन, उच्च शिक्षा, स्वास्थ्य क्षेत्र र जडीबुटी उद्योग शीर्षक राखेर गरिने सम्मेलनमा प्रधानमन्त्री, अर्थमन्त्री लगायतका अन्य मन्त्रीसहित निजी क्षेत्रका अन्य लगानीकर्ताको उपस्थिति रहने जानकारी दिएका छन् ।

इलाम उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेल जिल्लामा लगानी गर्न लगानीकर्तालाई आह्वान गर्न लागिएको बताए उक्त सम्मेलनमा लगानीकर्तालाई लगानी गर्ने क्षेत्रबारे जानकारी गराइने । सम्मेलनमा विशेषगरी ठूला लगानीकर्तालाई निमन्त्रणा गर्ने योजना रहेको छ । नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहका अनुसार लगानी आकर्षण गर्न नगरले लगानी प्रवर्धन नीति र घरेलु उद्योग प्रवर्धन नीति बनाउने निर्णय गरेको बताए ।

नेपाल गुणस्तर चिन्ह प्राप्त गर्न सहयोग गर्ने, विज्ञ सहितको परामर्श सुविधा उपलब्ध गराउने, इलाम नगरपालिकामा दर्ता भएका उद्योगमा कार्यरत मजदूरको आपतकालीन सहयोगको लागि मजदूर कल्याण कोषको स्थापना गर्ने, उद्योग भवनको नक्सा पासमा ५० प्रतिशत राजश्व छुट गर्ने, सम्पत्ति कर र मालपोत करमा पाँच वर्षसम्म ५० प्रतिशत छुट गर्ने, जग्गा अधिग्रहणमा सहयोग गर्नेलगायत कुरा उक्त नीतिमा उल्लेख गरिएको जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.