प्रचण्ड र केपी ओलीले धोका दिनुभयो : रामचन्द्र पौडल

रिपोर्ट नेपाल | 2018 Dec 13 | 02:01 pm 1772

 काठमाडौं,  मंसिर २७ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सुशासन दिन्छु भनेर नेपाल कम्युनिस्ट पार्टीले जनतालाई धोका दिएको बताएका छन् । बिहीबार नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद शीर्षकको आफ्नो पुस्तक सार्वजनिक कार्यक्रममा उनले सुशासन दिन्छु भनेर प्रचण्ड र केपी ओलीले धोका दिएको बताएका हुन् ।

‘सुशासन ल्याउँछु भनेर प्रचण्ड र केपी ओलीले विश्वास दिलाउनुभयो, उहाँहरुले पनि धोका दिनुभयो’ उनले भने ‘वाइडबडी जहाज खरिद काण्डदेखि चिनी काण्ड, सुन काण्डजस्ता भ्रष्टाचार काण्डले गर्दा समाजवादमाथि धोका भएको छ ।’

भ्रष्टाचार समाजवादको लागि सबैभन्दा ठूलो धोका भएको उनको भनाइ छ । समाजवादको पक्षमा अब वैचारिक अभियान लिएर गाउँगाउँमा जान र पार्टीभित्र पनि छलफल चलाउन उनले कार्यकर्ताहरुलाई आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.