काठमाडौं फागुन ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक तरिका बाट संसद बिघटन गरेको भन्दै आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले आज बिहिबार अपरान्ह ४ बजे देखि ५ बजेसम्म १ घण्टा टुँडिखेल घेराउ गरेको छ।
सरकारको असंबैधानिक कदमको विरोध गर्दै टुँडिखेलमा मानव साङ्लो बनाएर सो समूहले विरोध गरेको हो। मानव साङ्लोमा उपस्थित नेतृ रामकुमारी झाक्री सबैको आकर्षणको केन्द्रबिन्दु बनेकी थिइन। प्रचण्ड – माधब समुहको चौथो चरणको संघर्षका कार्यक्रमअन्तर्गत काठमाडौंमा मानव साङ्लो प्रदर्शन गरिएको बताइएको छ।