फाइल तस्बिर
काठमाडौं, माघ ६ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। लामो समयदेखि बिरामी रहँदै आएकी सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि आइतबार बिहान अस्पताल भर्ना गरिएको हो।
दाहाललाई ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले जानकारी दिए।
पछिल्लो समय ज्वरो र रुघाखोकीले ग्रस्त बनेकी दाहाललाई ज्वरो र रुघाखोकीका कारण पहिलोको रोगमा थप समस्या उत्पन्न हुने देखिएपछि उनलाई डाक्टरको निगरानीमा राख्नका लागि अस्पताल भर्ना गरिएको जनाइएको छ।
लामो समयदेखि सुगर, प्रेसर लगायतका समस्याबाट पीडित दाहालको यसअघि सिंगापुरमा उपचार भएको थियो। उनको उपचारमा डा युवराज शर्मा लगायतको टोली संलग्न रहेको जनाइएको छ।
दाहालको स्वास्थ्यमा पछिल्लो समय केही सुधार देखिए थियो।