प्रचण्ड नभएपछि कार्यवाहकको जिम्मा माधव नेपाललाई

रिपोर्ट नेपाल | 2018 Jun 19 | 11:13 am 3206

काठमाडौँ,असार ५ : उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोख्रेल प्रधानमन्त्री केपी ओली स्वदेश नफर्कदा सम्मका लागि कार्यवाहाक प्रधानमन्त्री बनेका छन् ।

केपी ओलीले आफू छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ईश्वर पोखरेललाई दिएका हुन् ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका कार्यवाहक नेतामा उपनेता सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिएको नेकपाले जनाएको छ ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि विदेशमा रहेकाले नेता नेपाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.