प्रचण्डले संसदको सामना गर्ने आँट राख्नुपर्छ: माधव नेपाल

| 2024 Jul 05 | 12:48 pm 477

काठमाडौँ २१ असार / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्‌को सामना गर्ने आँट राख्नुपर्ने बताएका छन् । दशौं महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

अहिले पनि हामी निरन्तर सरकारको समर्थनमा छौँ । यो सरकारले संसद्‌को सामना गर्ने आँट राख्नुपर्छ,’उनले भने, ‘हामी हाम्रो तर्फबाट सकारात्मक निर्णय गर्नेछौँ । ‘हामी अहिलेको सरकारमै छौं। यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ,’ उनले भने।

अध्यक्ष नेपालले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन्छु भनेको कुरालाई आफ्नो पार्टीको समर्थन रहेको पनि बताए।

उनले संविधान संसोधन गर्ने भनेर कांग्रेस र एमालेले सरकार बनाउँदा बाँकी दलहरूसँग छलफल नगरेको पनि असन्तुष्टि व्यक्त गरे। नयाँ सत्ता समीकण बनाउने घोषणा गरेका नेकपा (एमाले) र नेपाली कांग्रेसले भने प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने बताइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.