काठमाडौँ ३० फागुन / प्रधानमन्त्रीले आज सदनमा विश्वासको मत पाउ भनि राखेको प्रस्ताबमा नेपाल मजदूर किसान पार्टी (नेमकिपा) ले मत नदिने जनाएको छ ।
पार्टी केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छें रोहितको अध्यक्षतामा बुधबार बसेको पार्टी सचिवालको वैठकले बुधबार संसदमा हुने प्रधानमन्त्री पुष्पकमल दाहालमाथि हुने विश्वासको मतमा विश्वासको मत नदिने निर्णय गरेको हो ।
बैठकपछि पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालद्वारा जारी प्रेस विज्ञप्तिमा व्यक्ति भन्दा पनि पार्टी नीतिलाई हेर्ने भएकोले प्रधानमन्त्रीको विश्वासको मतदानमा बिपक्षमा मतदान गर्ने उल्लेख छ ।
प्रतिनिधि सभामा नेमकिपाको एक सिट छ । आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् ।