पौडी खेल्दा डुबेर तथा रूखबाट लडेर दुई जनाकाे मृत्यु

रिपोर्ट नेपाल | 2021 Apr 08 | 09:07 am 317

सर्लाही, चैत २६ः बागमती नगरपालिका १२ स्थित बागमती नदीमा पौडी खेल्ने क्रममा स्थानीय १२ वर्षीय समिर बलकाे डुबेर मृत्यु भएकाे छ ।

नदिमा डुबेको भन्ने खबर प्राप्त हुन साथ प्रहरी नायब निरीक्षक प्रबिण भट्टराईको कमाण्डमा ४ जनाको टोलि खटी गई, स्थानीय र प्रहरीको सहयोगमा उद्दार गरी नमुना अस्पताल हरिवन पठाएकोमा उनकाे बाटोमै मृत्यु
भएको प्रहरीले जानकारी दिएकाे हाे ।

मृतककाे लास नमुना अस्पतालमा रहेकोले मुचुल्काको लागि ईलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक निर्मल थापाको कमाण्डमा ७ जनाको टोली खटि गएको बताइएकाे छ ।

त्यसैगरी सर्लाहीकै धनकौल गाउँपालिका २ का बिजय गुप्ताको खेतमा रहेको सपेताको रुखको हाँगा काट्न कामदरको रुपमा गएका रामनागर गाउँपालिका १ खैर्वाका २५ वर्षीय प्रवेश सहनिकाे उक्त रुखको हाँगा काट्ने क्रममा रुखबाट लाडी गम्भीर घाईते हुँदा उपचरको लागि जुगल किशोर अस्पतालमा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएकाे छ ।

उक्त लास जुगल किशोर अस्पतालमा राखिएकोले ईलाका प्रहरी कार्यालय हरकठवाबाट प्रहरी नायब निरीक्षक उमेश महतो कोईरीको कमाण्डमा ५ जना, तालुक ईइलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक नरेद्र कुमार मोरबैताको कमाण्डमा मुचुल्का सहितको ७ जनको टोली खटी गएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.