पोर्चुगलद्‍वारा अल्जेरिया ३-० गोलले पराजित

रिपोर्ट नेपाल | 2018 Jun 08 | 08:26 am 3056

काठमाडौं, जेठ २५: विश्वकप अन्तिम खेलमा मैत्रीपूर्ण खेलमा पोर्चुगलले अल्जेरियालाई पराजित गरेको छ ।

बिहीबार पोर्चुगलले आफ्नै मैदानमा अल्जेरियालाई ३ –० गाल अन्तरले हरायो । पीएसजीबाट लोनमा भ्यालेन्सियाका लागि खेलिरहेका मिडफिल्डर गोल्कानो गुडेसले २ गोल गरे ।

क्रिष्टियानो रोनाल्डोले गरेको गोल अफसाइड करार भएपछि बनाण्डो सिल्भाको क्रसमा गुडेसले पहिलो गोल गरेका थिए । अर्का मिडफिल्डर बुर्नो फर्नाण्डेजले पनि रोनाल्डोको क्रसलाई सदुपयोग गरी हेडमार्फत दोस्रो गोल गरे ।

राफायल गुरेरियोको पासमा २१ वर्षीय विंगर गुडेसले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।

पोर्चुगलले जुन १५ मा स्पेनविरुद्धको खेलसँगै विश्वकपको यात्रा सुरु गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.