पोखरीमा डुबेर दाजु–बहिनीको मृत्यु

रिपोर्ट नेपाल | 2019 Jul 31 | 07:13 pm 1535

रौतहट, साउन १५  : चन्द्रपुर नगरपालिका–९ डुमरियास्थित ईटा भट्टाको पोखरीमा डुबेर आज एकैघरका दाजु–बहिनीको मृत्यु भएको छ ।

मृत्यु हनेमा सर्लाहीको हरिपुर नगरपालिका–४ स्थायी घर भई डुमरियामा बस्दै आएका सञ्जय साहका ११ वर्षीय छोरा अनिस साह र आठ वर्षीय छोरी कल्पना साह रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । साह परिवार डुमरियामा मोटरसाइकल ग्यारेज खोलेर बस्दै आएका थिए ।

मृतक परिवारका अनुसार, बिप्लब समूहको बन्दका कारण शैक्षिक संस्था नखुलेपछि ईटा भट्टाले बनाएको खाल्टोमा जमेको पानीमा खेल्न जाँदा दाजु–बहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शव परीक्षणका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.