काठमाण्डौ ११ चैत / बदलिँदो मौसम तथा आइतबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल किराफट्याङ्ग्राका कारण दुई घण्टा बन्द भएको छ । धावनमार्गमा किराफट्याङ्ग्रा निस्किएपछि चराहरू आएका कारण केही समय उडान बन्द गर्नु परेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
विमानस्थलका अनुसार आइतबार बिहान ८:०५ बजेदेखि ११:३० सम्म उडान र अवतरण बन्द भएको छ । बदलिँदो मौसमसँगै किराफट्याङ्ग्रा धावनमार्गमा निस्किए । त्यसका कारण चराहरू विमानस्थलमा देखिएका थिए ।
त्यसैले विमानस्थलको धावनमार्ग बन्द गर्नुपरेको विमानस्थलले जनाएको छ । विमानस्थल बन्द भएका कारण बुद्ध र यतिका १/१ वटा विमान पुन: काठमाडौं फर्किएका थिए ।
पोखरा विमानस्थलमा दैनिक ३ हजारदेखि ४ हजार यात्रुहरू ओहोरदोहोर गर्छन् । ११:३० बजेपछि भने विमानस्थल पुन : सञ्चालनमा आएको छ ।