पोखरामा शंकास्पद वस्तु देखिएपछि सर्वसाधारण आतंकित

| 2019 Mar 14 | 08:41 am 2578

काठमाडौ, फागुन ३०: नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफ्नो कार्यकर्ताको रिहाई र सरकारद्वारा लगाइएको प्रतिवन्धका विरुद्ध गरेको नेपाल बन्दको दिन एका विहानै पोखराको सभागृहमामा शंकास्पद वस्तु भेटिएको छ ।

सभागृहचोकमा रहेको ट्राफिक प्रहरीको स्मार्ट आइल्यान्डभित्रै शंकास्पद वस्तु भेटिएपछि त्यस एरियाका सर्वसाधारण आतंकित बनेका थिए । शंकास्पद वस्तु देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलमा पुगेर शंकास्पद वस्तु डिस्पोज गरिसकेको छ ।

शंकास्पद वस्तु बम बनाउन तयारी गरेको सामाग्री भएको बुझिएको छ । प्लाष्टिकको बट्टा र तारहरु बेरिएको अवस्थामा बिहिबार बिहान ५ बजेतिर शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी पोखराको लेखनाथ स्थित भन्डारढिकमा पनि शंकास्पद वस्तु देखिएपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका छन् । घटनास्थलमा डाँडाकोनाक प्रहरी चौकीबाट सुरक्षाकर्मी खटिएका छन् भने नेपाली सेनाको बम डिस्पोजल टोली पनि त्यहाँ पुगेको हाम्रा समाचारदाताले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.