पेस्तोल सहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 07 | 09:24 pm 1965

संखुवासभा, फागुन २३ : अवैध रुपमा ल्याइएको पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी नगरपालिका–५ ढाडेगाउँ का २३ वर्षीय बुद्धिमान तामाङ समेत २ जना रहेका छन् ।

उनीहरुको साथबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली १ थान सहित आज (बिहीबार) बिहान प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टालीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.