पेस्तोल र खुकुरी देखाउँदै हात खुट्टा बाँधेर चोरी गर्ने पक्राउ

रिपोर्ट नेपाल | 2018 Jun 16 | 11:07 am 3232

काठमाडौं, २ असार :  पेस्तोल र खुकुरी देखाएर हातखुट्टा बाँधी चोरी गर्ने दुई जना पक्राउ परेका छन । प्रहरीले रामेछापको दोरम्बा–३ घर भएका २९ वर्षीय टोकल भनिने रोहितबहादुर थापा र सिन्धुपाल्चोकको मेलम्ची–१ का ४२ वर्षीय अदिप भनिने विनोद उर्फ टोकलबहादुर तामाङलाई पक्राउ गरेको हो ।

उक्त घटनमा संलग्न रहेको भन्दै महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुलाई ललितपुरको भैंसेपाटी र जवालाखेलबाट पक्राउ गरेको जनाएको छ ।

भक्तपुरको सूर्यविनायक–८, गणेश चोकस्थित मनोहर बस्नेतको घरमा डेरा गरी बस्ने रामबहादुर तामाङको कोठामा प्रवेश गरी उनीहरुले पेस्तोल र खुकुरी देखाई बोले कराएमा ज्यान मार्ने धम्की दिई डरत्रास देखाएर चोरी गरेका थिए ।

गत १० माघमा उनीहरुले करिब १६ लाख ७ हजार ९ सय रुपैयाँ बराबरको सामान लुटपाट गरेका थिए । उनीहरुमाथि थप अनुसन्धानका भइरहेको र महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.