पेस्तोलसहित नेपाली सेनाका सिपाही काठमाडौंबाट पक्राउ

| 2024 Oct 27 | 01:38 pm 845

काठमाडौँ, ११ कार्तिक / पेस्तोलसहित एक जना काठमाडौंबाट पक्राउ परेका छन् । दैलेखको भगवतीमाई गाउँपालिका–७ का २४ वर्षीय अनिल खड्कालाई काठमाडौंको रानीवारीबाट पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त स्वयम्भूको विशेष टोलीले गोप्य सूचनाका आधारमा खड्काको कोठाबाट ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल बरामद गरेको हो । खड्कामाथि अनुसन्धान गर्दै जाँदा उनी सेनाको रामेछापस्थित खड्गदल गणमा कार्यरत सिपाही रहेको खुलेको प्रहरीले जनाएको छ ।

आरोपीलाई रानीवनबाट पक्राउ गरेर प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.