पेस्तोलसहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Feb 17 | 08:26 am 1413

काठमाडौं, फागुन ५ : धनुषाको जनकपुर महानगरपालिका -२० देवपुरा रुपैठाबाट गएराति कटुवा पेस्तोल र गोलीसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले स्थानीय ३२ वर्षीय इसराफुल खानको घरबाट एउटा कटुवा पे्स्तोल र दुई राउन्ड गोली बरामद गरेको थियो।

गएराति साढे ९ बजेर हतियार सहित पक्राउ परेका खानमाथि अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।

महिलाको शव फेला

नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिका-१३ बोटेटोलस्थित नारायणी नदीको किनारमा हिजो साँझ एक महिलाको शव भेटिएको छ। हिजो साँझ पौने ६ बने अन्दाजी ४० वर्षीया महिलाको शव, सडेको अवस्थामा भेटिएको र सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ।

कालिकोटमा बालकको मृत्यु

कालीकोटको नरहरीनाथ नगपालिका-२ कोटवारामा शनिबार साँझ भिरबाट खसेको ढुंगा लागेर १२ वर्षीय बालकको मृत्यु भएको छ।

शनिबार साँझ करिब पौने ६ बजे घर नजिकै खेल्दै गरेका स्थानीय निरबहादुर विष्टका छोरा भावुक विष्टलाई च्यापेको थियो। बालकको घटनास्थलमा नै मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.