काठमाण्डाैं,जेठ ३१: पर्यटकीय बजार ठमेल क्षेत्रमा केहि दिन देखि उदण्ड कृयाकलाप गर्दै अाएका दुर्इ जनालार्इ प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रे घर भइ सितापाइला बस्ने २६ वर्षीय देव कुमार थापा र धादिङ घर भएका २९ वर्षीय कमल गुरुङ रहेका छन्।
केही दिन देखि ठमेल, ज्याठा क्षेत्रमा केही अपरिचित गुण्डा जस्ता देखिने व्यक्तिहरुले होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायीहरुलाई डर त्रास देखाइ रकम असुल्दै हिँड्ने गरेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डाैंले जनाएकाे छ ।
उनीहरूबाट १ थान पेस्तोल र १ थान खुकुरी बरामद भएको पनि प्रहरीले जानकारी दिएको छ।