पेस्ताेलसहित तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jul 15 | 12:03 pm 2911

काठमाडौं, असार ३०:  अवैध पेस्ताेलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले एक पेस्तोल र त्यसमा लाग्ने पाँच राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको हाे  ।

पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका घर भएका प्रीतम राई, रामुकुमार राई र सविन खवास रहेका छन् । उनीहरुलाई डीएसपी महेश थापाको नेतृत्वमा गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका खवास अपहरण मुद्दामा जेल परेर छुटेका अभियुक्त भएको प्रहरीले जनाएको छ । उनीहरुलाई गोंगबु मित्रनगरस्थित नेपाल तारा गेष्ट हाउसमा पेस्तोलसहित बसिरहेको विशेष सूचनाको आधारमा पक्राउ गरिएको थियो । बरमद पेस्तोल इटालीमा बनेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.