एजेन्सी: आफ्नै घरमा उनले बुधबार आफ्नै टाउकामा आफैँले गोली हानको अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीमाथि लगाइएको भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न लाग्दा उनले आत्महत्या गरेको उनका वकिल र अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् ।
उक्त घटनालगत्तै ६९ वर्षीय गार्सियालाई लिमास्थित कासिमिरो उल्लोआ आपत्कालीन अस्पतालमा लगिएको थियो । पोष्टमार्टम गर्दा उनको टाउकामा ठूलो घाउ देखिएको चिकित्सकहरुले जानकारी दिएका छन् ।
गार्सियाका वकिल इरास्मो रेयनाले अस्पताल परिसरमा पत्रकारहरुसँग भने, यो बिहान एउटा नराम्रो घटना भयो, राष्ट्रपतिले आफैँले आफैँलाई गोली प्रहार गर्ने अनौठो र अति अप्रिय निर्णय लिनुभयो ।