काठमाडौं, असार ३१ । नेपाल – बंगलादेश मैत्रीपूर्ण महिला फुटबल शृंखला नेपालले जितेको छ । दोश्रो तथा अन्तिम मैत्रीपूर्ण खेलमा घरेलु टोलीलाई पेनाल्टीसुट आउटमा पछि पार्दै नेपाल विजयी भएको हो ।
शृंखलाकाे पहिलो खेल १-१ को बराबरी खेलेकाे थियाे भने दोश्रो खेल निर्धारित समयमा गोलरहित भई बराबरीमा टुंग्याएका थिए । त्यसपछि खेलको विजेता छान्नै पर्ने भएकाेले पेनाल्टीसुट आउट गरिएको थियो । जसमा नेपाल ४–२ ले विजयी भयो ।
पेनाल्टीसुट आउटमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले सफलता पायाे भने अञ्जना राना मगरको प्रहार बारमा लागेर गाेल हुन सकेन ।
बंगलादेशकी साम्सुनार र मोनिका चक्मा बाहेक अरु खेलाडीकाे प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाएकी थिइन् ।