पेट्रोल छर्की आगो लगाउँदा २ वर्षीय बालकको मृत्यु

रिपोर्ट नेपाल | 2023 Jan 30 | 03:00 pm 1237

बाँके, माघ १६ः कोहलपुर नगरपालिका–२ शक्तिनगर बस्ने ३० वर्षीय भानुभक्त बिकले श्रीमती र छोराको शरीरमा पेट्रोल छर्की आगो लगाउँदा छोराको मृत्यु भएको छ।

शक्तिनगर बस्ने ३० वर्षीय भानुभक्त बिकले घरायसी झै–झगडाको कारण आफ्नै श्रीमती ३० वर्षीया गंगा बिक र उनकै छोरा २ वर्षीय प्रिन्स बिकको शरीरमा पेट्रोल छर्की आगो लगाउँदा प्रिन्स बिकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार आगो लगाउने भानुभक्त बिकलाई जमुनाहा नाकाबाट सोमबार बिहान नियन्त्रणमा लिएको हो।

आगो लगाउँदा जलेर गम्भीर घाइते भएका गंगा बिक र प्रिन्स बिकको मेडिकल कलेज कोहलपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि भेरी अस्पताल नेपालगंज पठाइए थियो। उपचारको क्रममा प्रिन्स बिकको सोमबार बिहान मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.