पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेविसंघद्धारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

रिपोर्ट नेपाल | 2018 Jun 12 | 03:51 pm 3803

लमजुङ, २९ जेठ : पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध कांग्रेस निकट नेपाल विद्यार्थी संघ लमजुङले प्रदर्शन गरेको छ । मंगलबार बिहान पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध उत्रिएको नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

नेविसंघका जिल्ला सदस्य सुवास अधिकारीको नेतृत्वमा मूल्य वृद्धिको विरोध गर्दै बेसीशहरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको हो । केन्द्रिय परिपत्र अनुसार जनतालाई मारमा पार्ने गरी गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गराउन दवाव स्वरुप प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको अधिकारीले बताए ।

यसअघि सोमबार साँझ नेविसंघ लमजुङका विद्यार्थी नेताहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता नगरे सरकारविरुद्ध अझै कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसहित चर्का नाराबाजी गरेका थिए । सोमबार साँझ मसाल जुलुसको तयारी गरिरहेका विद्यार्थीहरुलाई प्रहरीले कडा निगरानी गरेपछि सिटी जुलुस प्रदर्शन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.