पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा बाध्यता : मन्त्री यादव

रिपोर्ट नेपाल | 2018 Jun 04 | 04:02 pm 1409

काठमाडौँ, २१ जेठ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताएका छन् ।

मन्त्री  यादवका अनुसार प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर इन्डियन आयल कर्पाेरेशन र नेपाल आयल निगमबीच भएको सम्झौताअनुसार मूल्य वृद्धि भएको हो  ।

सन् २०१७ मार्च १८ मा अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएमा सोअनुसार मूल्य समायोजन गरिने दुई देशबीचको सो सहमतिमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.