काठमाडौं, वैशाख १९: केही महिना स्थिर रहेको पेट्रोलियम पदार्थको मुल्य सरकारले बृद्धि गरेको छ ।
समायोजन गरेको मुल्य अनुसार प्रतिलिटर पेट्रोलमा १ रुपौयाँ ५० पैसा, मट्टितेल र डिजेलमा १–१ रुपैयाँ बृद्धि गरेको नेपाल आयल निगमले जानकारी दिएको छ ।
बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।
अब पेट्रोल १११ रुपैयाँ ५० पैसा पर्छ भने डिजेल र मट्टीतेलको मूल्य ९८ पुगेको छ। यसअघि पेट्रोलको मूल्य रु ११० थियो भने डिजेल र मट्टीतेल ९७ रुपैयाँ थियाे।
इण्डियन आयल कर्पोरेशनले मे १ मा मूल्यको सूची पठाएपछि समायोजन भएको निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।