पेट्राेलकाे मुल्य प्रति लिटर १ सय ९९

रिपोर्ट नेपाल | 2022 Jun 20 | 07:42 am 113

काठमाडौं, असार६ः नेपाल आयल निगमले गए रातिदेखि फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले एकै पटक प्रति लिटर २१ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुर्याएको हो ।

यो मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै आयल निगमले डिजल र मट्टितेलमा २७ रुपैयाँले मूल्य बढाएको छ । अब डिजल र मट्टितेलको मूल्य १९२ रुपैयाँ प्रतिलिटर हुने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.