पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्ड छ लेनमा विस्तार गरिने

रिपोर्ट नेपाल | 2019 Oct 21 | 06:56 am 2027

काठमाडौं, कात्तिक ४: मुख्य कठिनाइका रूपमा रहेको पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्ड विस्तार गरिने भएको छ । हालसम्म दुई लेनमा रहेको सडक अबको विस्तरपछि छ लेनसम्म विस्तार गरिने भएको हो ।

सो सडकखण्ड विस्तारका लागि सडक विभागको विस्तृत परियोजन प्रतिवेदन अनुसार (डीपीआर) र (ड्रोइङ डिजाइन) तयार भइसकेको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृतिको अन्तिम चरणमा रहेको जानकारी दिए ।

वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति भइनसक्दा थप प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको सडक विभागले जनाए ।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले विश्व बैङ्कको सहयोगमा निर्माण गरिने यो सडकखण्डको विस्तार कार्य आगामी जनवरीबाट सुरु गरिने जानकारी दिए । आजको गोरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.