पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७ भव्य कार्यक्रमकासाथ सम्पन्न

रिपोर्ट नेपाल | 2021 Jan 11 | 06:48 pm 1705

राष्ट्र निर्माता श्री ५ पृथ्वी नारायण शाहको सम्मानमा विगतमा जस्तै यस वर्ष पनि नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७ विविध कार्यक्रमहरुको आयोजना गरी भव्यरुपमा मनाएको छ । यस सन्दर्भमा पुस १८ गते देखि नै देशका विभिन्न स्थानहरुमा विविध कार्यक्रमहरु संचालन गरिएका थिए ।

No description available.

संचालित कार्यक्रमहरुमध्ये गोरखा-काठमाडाैं एकिकरण मार्ग पदयात्रा उल्लेखनिय रह्यो जुन पुस २१ गते गोरखाबाट शुरु भई पौष २७ गते हनुमान ढोकाबाट हिमाली, पहाडी, तराई तथा काठमाण्डौंका नेवार समुदाय लगायतका सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरि राष्ट्रिय एकता झल्कने बाजागाजा, झाँकी, लाखेनाच सहितको सांस्कृतिक प्रस्तुतिकासाथ जङ्गी अड्डामा समाप्त भएको थियो ।

यसै गरी पुस २७ गते बिहानै चन्द्रागिरी, दहचोक, शिवपुरी, साँगा, महादेव पोखरी (नगरकोट) तथा जङ्गी अड्डाको छतबाट नेपाली सेनाका युनिटहरुले एकैसाथ रिभ्याली बजाएका थिए भने सोही दिन जङ्गी अड्डामा थप विशेष कार्यक्रमहरु संचालन भएका थिए ।

No description available.

एकिकरण पदयात्रा जङ्गी अड्डामा आईसके पछी प्रधान सेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित श्री ५ पृथ्वी नारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेका थिए भने उनले भर्खरै स्थापना गरिएको पृथ्वी नारायण शाह अध्ययन केन्द्रको उद्‍घाटन समेत गरेका थिए । तत्पश्चात जङ्गी अड्डाको अडिटोरीयममा इतिहासविद प्राज्ञ जगमान गुरुङ्गबाट श्री ५ पृथ्वीनारायण शाहले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकतामा पुर्‍याएका योगदान र सोबाट वर्तमान र भावी पिढिले राष्ट्र र राष्ट्रियताको लागि सिक्नुपर्ने/गर्नुपर्ने कर्तव्य लगायत एकिकरण अभियानका दौरान अपनाइएका विविध सैनिक पक्षहरुका बारेमा उपरथी सहदेव खड्काबाट प्रवचनको कार्यक्रम गरिएको थियो ।

यसै अवसरमा नेपाली सेनाबाट भविष्यमा प्रकाशन गर्न लागिएका तीन ऐतिहासीक पुस्तकहरु नेपाल एकीकरणको ईतिहास (वि.सं. १८०१ – १८७२) नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलहरु तथा “ Nepali Army: A Glorious Past” बारेमा पनि जानकारी गराइएको थियो । हाल लेखनको क्रममा रहेका यी पुस्तकहरु सेना दिवस २०७७ को अवसरमा विमोचन गर्ने योजना रहेको छ ।

No description available.

यसै क्रममा अपरान्ह नेपाली सेनाको कल्याणकारी कोषबाट संचालित सबै सैनिक विद्यालयका बालबालिकाहरु समावेश गरी नेपाली इतिहासका विविध पक्षहरुबारे हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको थियो जसमा बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय प्रथम र रिपूमर्दिनि सैनिक माध्यमिक विद्यालय द्धितिय भएका थिए ।

विजयी टीमहरुलाइ बलाधिकृत रथी प्रभुराम शर्माले प्रमाण पत्र र पुरस्कार वितरण गरेका थिए । त्यसैगरी नेपाली
सेनाद्धारा आयोजित राष्ट्रिय कविता महोत्सवको अन्तिम चरणको छनौट प्रतियोगिता पनि आजै संचालन भएको थियो ।

उक्त कविता महोत्सवमा १० वटा उत्कृष्ट र ३० वटा अन्य कविताहरुलाई छनौट गरी पुरस्कृत गरिएको थियो । तत्पश्चात
तत्कालिन समयमा सेना र सर्वसाधारण लगायतले राष्ट्र निर्माणमा पुर्‍याएको योगदान र बलिदानमा आधारित चलचित्र
नालापानीको प्रदर्शनी पनि गरिएको थियो । त्यसै गरी साँझ मेरा साना दु:खले आर्ज्याको मुलुक होइन शिर्षकको नाटक, नेपाल एकीकरणका विविध पाटाहरु समावेश गरिएको दोहोरी गीत कार्यक्रम तथा राष्ट्रियता एवं राष्ट्रिय एकताका विविध पक्षहरु समेटिएको वृत्तचित्र पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

No description available.

नेपालको संविधान २०७२ को भाग २८ को धारा २६७ को उपधारा (१) मा नेपाली सेनालाई राष्ट्रिय एकताको रक्षा गर्ने दायित्व समेत प्राप्त भए अनुसार राष्ट्रिय एकता प्रबर्द्धन तथा नेपालको सैनिक ईतिहासको जगेर्नाका लागि यस किसिमका कार्यक्रमहरु आयोजना गरिएको हो । श्री ५ पृथ्वी नारायण शाहले गरेको एकिकरण अभियानमा हिमाली, पहाडी, तराईवासी सबैको महत्वपूर्ण योगदान रहेको ऐतिहासिक तथ्य रहेको हुनाले नेपाली सेनाले विगतमा पनि यस प्रकारको कार्यक्रमहरु आयोजना गर्ने गरेको थियो ।

यस क्रममा गोरखा-काठमाण्डौं एकीकरण मार्ग पदयात्राको शुरुवात देखि नै पदमार्गमा पर्ने सर्वसाधारण, स्थानीय निकाय एवं सरोकारवालाहरुले देखाएको आत्मीयता, उल्लासपूर्ण स्वागत तथा सहभागिता एवं सम्पूर्ण कार्यक्रमहरुप्रति समाजका सबै तह र तप्काले देखाएको अपनत्वप्रति नेपाली सेना हार्दिक आभार प्रकट गर्दछ साथै यस कार्यक्रमले राष्ट्रिय एकता, सैनिक ईतिहास एवं पर्यटन प्रबर्द्धनमा समेत थप टेवा पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.