पूर्व गृहमन्त्री बालकृष्ण खाँण प्रहरी नियन्त्रणमा

| 2023 May 10 | 10:18 am 1917

काठमाडाैँ, बैशाख २७ः नेपालीलाई भुटानी शरणार्थी  बनाएर ठगी गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेकाे छ ।

शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा खाँणलाई बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए ।

यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार रहँदै आएका छन् । अर्घाखाँचीकाे कार्यक्रम समाप्त गरी बुटवल आएर  हवाइजहाजकाे टिकट लिएका रायमाझी बुटवलबाट फरार भएका हुन् । उनलाई एकसाता अघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भएपनि फरार रहँदै आएका छन् ।

खाँण पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीको नियन्त्रणमा आउनेको संख्या ११ पुगेको छ ।

यसअघि रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र  रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.