गुल्मी, असोज १८ः नेपाली कांग्रेस केन्द्रीय राज्य प्रशासन विभागको उपप्रमुख तथा पूर्व गुल्मी जिविस सभापति चन्द्र बहादुर केसीले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव फिर्ता लिन माग गरेका छन् ।
उनले आइतबार एक प्रेस विज्ञप्ति मार्फत सो प्रस्तावको निर्णय प्रति आपत्ति जनाएका हुन् ।
