पूर्व आइजीलाई पानी पुर्याउन असइको कमाण्ड !

रिपोर्ट नेपाल | 2018 Jun 09 | 07:33 pm 3980

काठमाण्डौं, जेठ २६ः सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक सिंह बहादुर सिंहले अवकास प्राप्त गरेपछि पनि बहालमै रहँदा जस्तै गरी सरकारी साधनको दुरुपयोग गरेका छन् ।

रिपोर्ट नेपालले शनिबार बिहान साढे चार बजे पूर्व महानिरीक्षक सिंहको भाडामा लगाईएको घट्टेकुलो अनामनगरको चोकमा रहेको घरमा सशस्त्र प्रहरीको ट्याङ्करबाट पानी झार्दै गरेको फेला परेको थियो ।

संचार सेट सहित सशस्त्र प्रहरी सहायक निरीक्षक आएको बा १ ग २६८४ नम्बरको ट्याङ्करबाट पानी झारीएको थियो । गृहमन्त्री रामबहादुर थापाले पूर्व प्रहरी अधिकृतले साधन स्रोतको दुरुपयोग गरेको भन्दै उनीहरुका घरमा रहेका कर्मचारी हटाउन निर्देशन दिइरहेका समयमा बिहानको झिसमिसे अध्यारोमा पानीको ट्याङ्कर ल्याइएको छ ।

रन्जन फर्निचर हाउस प्रा.लि भुइतलामा रहेको उक्त घरको सबै तलाहरु पूर्व महानिरीक्षक सिंहले भाडामा लगाएका छन् । यसरी पूर्व हुँदै गएका अधिकृतका घरमा सेवा सुविधा पुर्याउन थाल्ने हो भने राज्यले दुईचार ट्याङ्कर उनकै लागि खरिद गर्नुपर्ने अवस्था आउने त्यस वरिपरीका जनता बताउँछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.