पूर्वी भागमा हेलिकोप्टर उडान नगर्न आपतकालीन केन्द्रकाे आग्रह

| 2019 May 03 | 02:33 pm 1916

काडमाडौं, वैशाख २० : गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र (एनइओसी) ले देशका पूर्वी भागमा शुक्रबार र शनिबार हेलिकोप्टर उडान नगर्न आग्रह गरेको छ । पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपातको सम्भावना भएकोले आज (शुक्रबार)देखि शनिबारसम्म हेलिकोप्टर नउडाउन सचेत गराएको हो ।

बंगालको खाडीको ओडिसा तटीय क्षेत्र नजिकैबाट विकसित चक्रवात प्रणाली ‘फानी’ को प्रभावले नेपालको पूर्वी क्षेत्रमा ठूलो हिमपातको सम्भावना रहेको भन्दै राष्ट्रिय आपत्कालीन कार्यसंचालन केन्द्रले सचेत गराएको हो ।

‘पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने हुँदा सो क्षेत्रमा अहिले देखिनै भोलि दिनभरसम्म हेलिकप्टर उडान नगर्नुर नगराउनुहुन र पर्यटक एवं यात्रुहरूले सुरक्षित स्थानमा रहन हुन अनुरोध छ,’ केन्द्रले भनेको छ।

शुक्रबार र शनिबार मौसम प्रभावित भइ पूर्वी र मध्यका स्थानमा मेघ गर्जनरचट्टयाङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने तथा एक दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ।

हिमाली भू-भागमा पनि मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ।साथै देशको पश्चिमी क्षेत्रमा शुक्रबार पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हिमाली भू-भागमा पनि हिमपातको सम्भावना रहेको छ।आइतबारदेखि भने देशभर मौसममा क्रमिकरुपमा सुधार आउने सम्भावना छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.