पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प

रिपोर्ट नेपाल | 2023 May 21 | 08:30 am 1505

काठमाडौं, जेठ ७: पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २:५९ बजे ४.१ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.