काठमाडौँ, असार २३। पूर्वराजा ज्ञानेन्द्र शाहको ७७ औँ जन्मदिनको अवसरमा शुभकामना र अभिनन्दनका लागि निर्मल निवासमा पुगेका राजावादीहरु निरास भएर फर्किएका छन्। पूर्वराजा ज्ञानेन्द्र निर्मल निवास नभएका कारण अभिनन्दन गर्नका लागि गएका राजावादीहरुलाई प्रवेश निषेध गरिएको छ । निर्मल निवासमा प्रवेश नदिइएपछि गेटमै पूर्वराजाको नाममा पुष्पगुच्छा र अभिनन्दनपत्र बुझाएर राजावादीहरु फर्किएका छन् । जन्मदिन मनाउनका लागि पूर्वराजा राजधानीकै एक रिसोर्टमा परिवारसहित रहेको समाचार श्रोत बताउछ।