पूर्व गृहमन्त्री दान बहादुर शाहीको निधन

रिपोर्ट नेपाल | 2018 Jun 03 | 08:19 am 1438

काठमाडौं, जेठ २०: पूर्व गृहमन्त्री दानबहादुर शाहीको आइतबार निधन भएको छ । ७६ वर्षीय शाहीको उपचारका क्रममा काठमाडौंस्थित ग्रयाण्डी अस्पतालमा आइतबार बिहान ७ बजे निधन भएको हो ।

श्वासप्रश्वास, मुटु रोगसँगै दुवै मिर्गाैला फेल भएर डाइलाइसिस् गर्दै आएका शाही अढाइ महिनाअघि अस्पताल भर्ना भएका थिए ।

लामो समय निजामति सेवामा बिताएका शाहीले अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए । डोटीकाे मुम्राकोट घर भएका शाही तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका गृहमन्त्री थिए ।

उनको आजै पशुपति आर्यघाटका अन्तिम दाहसंस्कार गरिने उनका भतिजा नेत्रबहादुर शाहीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.