काठमाडौँ, २१ पुष / फिल्म ‘कोशेढुंगा’ हिस्टोरिकल ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोसेढुंगा’ बनाउन लागेका छन् ।
निर्देशक पौडेलले फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका छन्। पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमिमा बनाउँदै पहाडलाई हेरिरहेकी एक महिला उभिएकी छन्। डाँडामा उभिएकी उनको अगाडी अग्लो रुख र पहाडी शैलीको घर छ।
घुरमैलो कलरले पहाडी कठिन जीवन, अग्लो रुखले पहाडी जीवन बाँच्नेका अग्ला सपना र क्षितिजले भेट्न नसकिने सपनाको संकेत गरेको अनुमान लगाउन सकिन्छ । डाँडामा उभिएर पहाडलाई हेर्दै गरेकी महिलाले पहाडी जीवन छोडेर सपना पछ्याउने हिँडेको अर्थ लगाउन सकिन्छ ।
यो पोस्टरले ‘कोसेढुंगा’ सोसल ड्रामा भएको प्रष्ट हुन्छ । अभाव, अग्लो सपना र संघर्षको कथा चलचित्रले भन्ने संकेत गरेको छ । यसबारे निर्माणपक्षले भने केही बोलेको छैन ।
निर्माण पक्षले जानकारी दिए अनुसार चलचित्र २०८२ मा रिलिज हुनेछ ।नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहने छ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् ।
बाबु श्रेष्ठको डीओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । चलचित्रमा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ । कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन् । चलचित्रको मुख्य भूमिकामा को-को रहनेछन् त्यो भने निर्माण टिमले जानकारी दिएको छैन ।