पूँजी बजारमा ५% र ७.५% पुँजीगत लाभकर नै अन्तिम कर : अर्थ मन्त्रालय

रिपोर्ट नेपाल | 2023 Jun 04 | 12:57 pm 1905

काठमाण्डौ, जेठ २१ । पुँजी बजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर हो भनी अर्थ मन्त्रालयले एक सूचना जारी गरी स्पष्ट पारेको छ।

आज आन्दोलनरत लगानीकर्ता र अर्थमन्त्रीलगायत सरकारका सचिवहरुबीच अर्थ मन्त्रालयमा भएको छलफलपछि जारी सूचनामा यस्तो स्पष्ट पारिएको हो। अर्थमन्त्रालयले सूचना द्वारा भनेको छ, ‘आर्थिक विधेयक, २०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साबिक बमोजिमकै कानुनी व्यवस्था कायम रहेको छ। त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर हुने व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारीको लागि यो सूचना जारी गरिन्छ।’

यसअघि आन्तरिक राजश्व विभागले पुँजीगत लाभकरका विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न सकेको थिएन। कहिले पटके त कहिले प्राकृतिक व्यक्ति भनेर पुँजीगत लाभकरका विषयमा स्पष्ट पार्न सूचना जारी गरेको थियो। आन्दोलनरत लगानीकर्ताहरुले भने पुँजीबजारमा ५ र ७.५ प्रतिशत नै अन्तिम कर हुनुपर्ने र आर्थिक विधेयक २०८० को २९ नं. बुँदा खारेज हुनुपर्ने माग गर्दै आएका थिए। उनीहरुले आफ्नो माग पूरा नहुन्जेलसम्म बजार सञ्चालन हुन नदिने भनेर आज बिहान सबै ब्रोकर हाउसमा तालाबन्दी पनि गरेका थिए।

अर्थ मन्त्रालयद्वारा जारी सूचना यसप्रकार छः

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.