पुर्व राजाको पक्षमा जनलहर बढदै; राजाले भन्ने मधेसमा युवा पलायन र मरुभूमिले आफू चिन्तित

रिपोर्ट नेपाल | 2024 Jan 28 | 09:02 am 1429

वीरगन्ज, माघ १४।  पूर्व राजा ज्ञानेन्द्र शाहले तराई मधेशको उर्वर भूमि उजाड बन्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । वीरगञ्जमा आयोजना गरिएको शाहको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले तराई, पहाड हिमाल सबै क्षेत्र उजाड बन्दै जानु गम्भिर चिन्ताजनक विषय भएको बताए । उत्पादन र कृषिबाटै विकास र समृद्धि ल्याउन सकिने क्षेत्रमा उजाड बन्नु दुर्भाग्यपूर्ण भएको उनको भनाई छ ।

उनले भने, ‘उर्वर मधेश भूभाग आज उजाड बन्दै गइरहेको छ, पोखरी, पानीको स्रोत, ट्युबेल, कुवाँ धारा तथा जल सतह कमजोर बन्दै सुक्खा, खडेरी तथा मरुभूमितर्फ परिणत हुँदै जानु गम्भिर कुरा हो ।’

उनले राजपरिवार हत्याकाण्डमा आफ्नो परिवारलाई जोडेर भ्रमको बादल बिच्छाउने काम भएको सम्झिए । भने, ‘राज्यव्यवस्था, राजनीति, अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्यांकन गरेर सुधार, उपकार, विकास, निकासको बाटोमा सबै लाग्नु पर्छ, यसैमा हामी सबैको कल्याण छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले मौलिकता, अस्तित्व पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लैजाने काम भएको बताएका छन् । उनले आफूले सत्ता छाड्दा बताएको सनातनदेखि कायम रहेको सुमधुर सामाजिक सम्बन्ध बिथोलेर देशको भलो नहुने विचारमा आफ्नो अडान कायमै रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.