पिताको सम्झनामा घरलाई धर्मशाला बनाउँदै सशस्त्र प्रहरी महानिरीक्षक खनाल

| 2018 Sep 29 | 07:17 am 2372

गुल्मी, असोज १३ : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पिताको सम्झनामा आफ्नो घरलाई धर्मशाला बनाउने भएका छन् । आफ्नो  बुबाको सम्झनामा गृह जिल्लाको रुरु स्थित रिडीमा रहेको आफ्नो पुखौली घरलाई धर्मशाला बनाउने भएका हुन् हुन् ।

धर्मशाला बनाउनका लागि शुक्रबार उद्योग वाणिज्य संघ रिडीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गृह जिल्ला गुल्मीमा आएका खनालनले पुरानो संरचनामा बनेको २ तले घरलाई भत्काएर नयाँ डिजाइनमा धर्मशाला बनाउने बताए । उनले आफ्ना पिताको सम्झनामा घरलाई धर्मशाला निर्माण गर्न इन्जिनियर सहितको टोलीले अध्ययन समेत गराएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै तीन जिल्लाको संगमन स्थल रहेको रुरु स्थित रिडीमा आफ्ना पिताको सोच पनि धर्मशाला बनाउने रहेकाले बुवाकै सम्झनामा घरलाई धर्मशाला बनाउने निर्णय गरेको बताए । महानिरीक्षक खनालले गुल्मीकै पानी खाएर फेरि पानी खाना आएको बताएका थिए । उनले भने, ‘गुल्मीको माटोको आशिरवादले यो ठाउँ सम्म पुगे । अब आफ्नो जिल्लाको निम्ति केही गर्नु पर्छ ।’

सबै जिल्ला बासीको सहयोग सद्भावले गर्दा आफू सफल भएको बताउदै गुल्मी बासी कसैको पनि शिर निउरिन दिने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘आज म जन्म स्थानमा पद बोकेर होइन आत्मीयता बोकेर आएको छु ।  त्यसैले पदको भन्दा पनि आफन्तको नाताले बोलाउनुस् ।’

खनालको रुरु स्थित रिडीमा पूखौली घर रहेको थियो । धेरै वर्षदेखि खनाल परिवारले बस्न छोडेर बन्द अवस्थामा घर रहेको थियो ।

खनालाई रिडीमा आयोजित कार्यक्रममा स्थानीयले सशस्त्र प्रहरीको सानो क्याम्प राखिदिन आग्रह गरेका थिए । रिडी गुल्मीकै प्रबेशद्धार रहेकाले यस क्षेत्रको सुरक्षादेखि हरेका क्रियाकलापको निम्ति सशस्त्र प्रहरीको क्याम्प आवश्यक रहेकाले राखिदिन माग गरेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.