पिङको विषयमा दुई समुहबीच खुकुरी हानाहान हुँदा ६ जना घाइते

| 2019 Oct 30 | 01:33 pm 1687

रामेछाप, कात्तिक १३: मंगलबार राति जिल्लाको गोकुलगंगा गाउँपालिका–६, फर्पुमा स्थानीय युवाहरुबीच पिङको विषयमा झगडा हुँदा दुई समूहबीच खुकुरी हानाहान भएको छ ।

खुकुरी हानाहान हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा स्थानीय शुसिल तामाङ, धनबहादुर तामाङ, पदमबहादुर तामाङ, गोविन्दबहादुर तामाङ, सोमबहादुर गोले रहेका छन् ।

घाइते सबैको जिल्ला सदरमुकाम मन्थलीको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिए ।

तिहार मनाउन घर आएका युवाहरुबीच मंगलबार दिउँसो पिङ खेल्ने क्रममा विवाद भएको थियो । दिउँसोको विषयलाई लिएर राति पनि विवाद बढेपछि युवाहरुबीच खुकुरी हानाहान भएको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाए। चाडपर्वको समयमा फर्पु गाउँमा यसअघि पनि विभिन्न विवादका घटनाहरु भइरहने गर्दथे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.