पाेखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरु भेला हुने

| 2023 Jun 30 | 11:12 am 1221

पोखरा, असार १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तरप्रदेश मुख्यमन्त्रीको बैठकको उद्घाटन गर्ने भएका छन् ।

आजको बैठक पश्चात भोली शनिवार प्रधानमन्त्री दाहालको अध्यक्षतामा राष्ट्रिय समन्वय समितिको बैठक समेत बस्ने भएको छ । संघीय सरकारले सबै साधन श्रोतहरु आफ्नै मातहतमा राखेर संघीयताको मर्म विपरित कार्य गरेको मुख्यमन्त्रिहरुले आरोप लगाइरहेका बेला हुन लागेको परिषद्को बैठकलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

संघिय सरकारले संघको बजेट आर्थिक वर्षका लागि अनुदान काटिदिए पछि ससाना बजेटहरु प्रदेश र स्थानीय सरकारको टाउकोमा आएपछि प्रदेश र स्थानीय सरकारका नेतृत्वकर्ताहरु आक्रोशित भएका छन् । संघीय सरकारले निजामति सेवा ऐन, प्रदेश प्रहरी ऐन, लोकसेवा ऐन लगायत विविध ऐन नियम नबनाइदिँदा प्रदेश हुँदै यसको असर स्थानीय तहसम्म भएको बताइन्छ ।

वर्षमा एक पटक परिषदको बैठक बस्नु पर्नेमा तीन वर्षमा बस्न लागेको यो बैठकमा तिनै तहका सरकारका प्रतिनिधि बसेर समन्वय तथा अन्तरसम्बन्धका विषयमा छलफल गरिने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका छन् ।बैठकमा साझा तथा एकल अधिकार, समन्वय तथा अन्तरसम्बन्धका विषयमा छलफल हुने बताइएको छ ।

समन्वय परिषद्को बैठक पछि मुख्यमन्त्रीहरुले पोखरा घोषणापत्रसमेत जारी गर्ने कार्यक्रम रहेको छ । बैठकमा सातै प्रदेशका मुख्यमन्त्री, गाउँपालिका र नगरपालिका महासंघका अध्यक्ष परिषदको सदस्यका हिसाबले सहभागी भएर सरकारका सम्बन्ध र सहकार्यबारे छलफल गर्ने कार्यक्रम रहेको छ । ।

स्मरण रहोस् यसअघि तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा २०७५ साल भदौ २१ र २२ गते मुख्यमन्त्रीहरुको भेलाले ९ बुँदे घोषणापत्र जारी गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.