पाेखराकाे हाेटलमा एक महिलाकाे मृत्युु ,अनुसन्धानका लागि ६ जना प्रहरी नियन्त्रणमा

| 2023 Nov 22 | 02:21 pm 557

कास्की मंसिर ६/ नागढुङ्गामा रहेको शिला रेष्टुरेन्टमा विगत १२ वर्षदेखि काम गर्दै आएकी ३८ वर्षिय सुकु विक युनिक हाेटलमा अचेत अवस्थामा फेला परेकी छन।मंगलबार दिउँसो एकजना पुरूष सँगसँगै काेठामा प्रवेश गरेकी विक सँग गएका पुरूष केही समयपछि निस्केर गएका थिए।लामो समयसम्म ती महिला रूमबाट ननिस्कीए पछि हाेटलवालाले हेर्न जाँदा अचेत अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खवर गरेका थिए।अचेत अवस्थामा रहेकी विकलाई प्रहरीले तत्काल उपचारका लागि मेमाेरियल अस्पताल पठाएको थियोे ।अस्पताल लगेपछि चिकित्सकले उनको मृत्यु भइसकेको बताएका थिए ।अस्पतालबाट मृत्यु भएको बताएपछि प्रहरीले शंकास्पद मृत्यु भएको भन्दै ६ जनालाई नियन्त्रणमा लिएको छ।विकको शव पाेष्टमार्टमका लागि पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएकाे छ।विकको हत्या भएको हुन सक्ने भन्दै प्रहरीले त्यस तर्फ अनुसन्धान अघि बढाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.