पाल्पा र मकवानपुरबाट ७४ किलो अवैध गाँजासहित ५ जना पक्राउ

| 2023 Dec 11 | 05:20 pm 929

मकवानपुर, , मंसिर २५ /  हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट ७३ किलोग्राम र पाल्पाबाट १ किलोग्राम गरी जम्मा ७४ किलोग्राम अवैध लागूऔषध गाँजासहित ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये भारत मोतिहारी बस्ने २४ वर्षीय भुषन कुमार र १५ वर्षीय किशोर रहेका छन् । डिएल ४३ एनबी ५९९४ नम्बरको भारतीय गाडीमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले गाँजा करिब ४७ केजीसहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाटस्थित चुरियामाई मन्दिर नजिकबाट पक्राउ पर्नेमा चितवन भरतपुर नगरपालिका-२७ बस्ने ४२ वर्षीय रोशन दमाई र खैरहनी नगरपालिका-१६ बस्ने ५२ वर्षीय डियन महतो रहेका छन् । बा.१४ प ३७०८ नम्बरको कारमा सवार उनीहरुलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले करिब २६ केजीसहित पक्राउ गरेको हो । यसैगरी पाल्पा, रैनादेवी छहरा गाउँपालिका-७ जोगदमारबाट  पक्राउ पर्नेमा रूपन्देही सैनामैना नगरपालिका-९ बस्ने २२ वर्षीय दिपक सुनार रहेका छन् । उनलाई अस्थायी प्रहरी पोष्ट बेलबासबाट खटिएको प्रहरीले अवैध लागूऔषध गाँजा करिब १ केजीसहित पक्राउ गरेको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.